Saturday, December 15, 2007

‘संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च’ को प्रेस्-विज्ञप्ती

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समन्वय र सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषदको नेतृत्वमा लिम्बुवान स्वायत्त राज्य प्राप्ति र लिम्बुवानबासी जनताको मुक्तिको आन्दोलन निर्णायक मोडतर्फअघिबढिरहेको छ । स्वायत्त राज्य प्राप्ति र जातीय मुक्तिका लागि मञ्च र परिषदहरूको एकता अनिवार्य शर्त हो । संघीय लिम्बुवान राज्य परिषदका केही व्यक्तिहरूले प्रेस विज्ञप्ति मार्फत प्राविधिक र व्यक्तिगत असन्तुष्टिको कारण देखाई जातीय मुक्ति आन्दोलनको मुलधारबाट विचलित हुन खोजेको कुरा पत्र-पत्रिकामार्फ् जानकारीमा आएको र यस्ता कार्यकलापले मुक्तिकामी जनतामा केही अन्यौलता छाउन सक्ने भएकोले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषद तथा जनसंगठनहरू संघीय युवा मञ्च, संघीय विद्यार्थी युनियन र संघीय भोलन्टियर्स मुलधारमा रही एकताको पक्षमा उभिएको कुरा अवगत गर्दछौं । साथै, संगठन र आन्दोलनको सञ्चालनमा बेला बखत देखापर्ने यस्ता प्रवृत्तिले जनतामा मनोवैज्ञानिक रुपमा असर पार्ने र प्रतिगामी तत्वहरूको चलखेल हुनसक्ने र राजनीतिक लक्ष प्राप्ति अझ टाढा हुने भएकोले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय तथा भाषिक स्वायत्तता चाहने सम्पूर्ण मुक्तिकामी जनताहरू सचेत र संवेदनशीन हुन पनि आग्रह गर्दछौं । कुनै पनि संगठनभित्र आन्तरिक रुपमा आउने मत-मतान्तरहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुसार संगठनभित्रै समाधान गरेर जानुनै उत्तम विकल्प हुने भएकोले यसरी मञ्चबाट अलग हुन चाहने परिषदका मित्रहरूलाई स-सम्मान वार्ता र छलफलमार्फ् समस्याको समाधान गरेर पुनः संगठनमा फर्की आवद्ध हुन हार्दिक आहृवान गर्दछौं ।
धन्यवाद !
     ………………..                     …… ………….            ………………….
  डी के बुद्धिष्ट तामाङ ——            राजकुमार नाल्बो    —–   लासिम् पालुङ्वा
—     अध्यक्ष ——————-          अध्यक्ष —————– अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च        संघीय युवा मञ्च         संघीय विद्यार्थी युनियन
                                                       संयोजक
                                                 संघीय भोलन्टियर्स
मिती: २०६४।०८।२८
Courtesy: www.limbuwan.blogspot.com
Posted by Mennisam Yapmi at 18:43:47
Comments

One Response to “‘संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च’ को प्रेस्-विज्ञप्ती”

  1. Limbuwan says:

    Sewaro to all,

    This is the matter of very serious and immediate concern.This kind of insensible and irresponsible act from the responsible personality will take us, our future nowhere.Why does one forget that the ongoing fight is not for him/her, me or you..instead for the rights and existence of whole limbu and many other indigenous community.Afterall UNITED WE STAND,DIVIDED WE FALL.

    Last not the least,wishing you all a very happy and prosperous kirat festival CHASOK TANGNAM(limbul)/SAKEWA(rai)
    /CHAASUBA(yakkha)/FOLSYADAR(sunuwar)

    Warm Regards
    Hangma Lawati Tumkhewa

Leave a Reply