संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने
लिम्बुवान्
संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध परिषदले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनअघि नै राजतन्त्रको समूल अन्त्यसहित सङघीय लोकतान्त्रिक गणतन्त्र र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अन्तरिम संविधानमा सुनिश्चत गरिनुपर्ने माग गरेको छ। यो माग पूरा नगरी हुने निर्वाचन शाही कालको नगर निर्वाचन जस्तै हुने भएकोले त्यस्तो निर्वाचन बहिष्कार गरिने परिषदका महासचिव मिसेहाङ थाम्सोहाङको भनाइ थियो। उनले सात दलबीच गठबन्धन सरकारले आफ्ना माग बेवास्ता गरे तेस्रो जनआन्दोलनको आँधिबेहेरी ल्याउने चेतावनी पनि दिए। परिषदले माघ २० गते एक दिने सांकेतिक लिम्बूवान बन्दको आह्वानसमेत गरेको छ। परिषदको केन्द्रीय विस्तारित बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासचिव थाम्सोहाङले अन्तरिम संसदले पारित गरेको आदिवासी अधिकारको प्रयोग गर्दै लिम्बूवान क्षेत्रमा चन्दालगायत आर्थिक संकलनका कार्यलाई निरन्तरता दिने जनाए।
www.limbuwan.blogspot.com

Posted by in 19:41:00